You are viewing the translated version of सर्त पूरा गर्नु पर्ने.
Rule 4
सर्त पूरा गर्नु पर्ने
जीवनाशक विषादीको पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले देहायका सर्त पूरा गर्नु पर्नेछः
(क) सम्बन्धित पैठारीकर्ताले जीवनाशक विषादी पैठारी गर्दा जीवनाशक विषादीको कुल प्रयोग अवधिको कम्तीमा पचहत्तर प्रतिशत उपयोग अवधि बाँकी भएको जीवनाशक विषादी पैठारी गर्नुपर्ने,
(ख) केन्द्रको पूर्वस्वीकृति बिना जीवनाशक विषादीको कन्टेनर, सूचकपत्र वा विवरण वा स्वरूप परिवर्तन, थपघट वा फेरबदल गर्न नहुने,
(ग) ऐन तथा यस नियमावलीको अधीनमा रही जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, भण्डारण, ओसारपसार, प्रयोग र बिक्री वितरण गर्नुपर्ने,
(घ) प्रतिबन्धित तथा म्याद समाप्त भएका जीवनाशक - विषादीको व्यवस्थापन समितिले तोकेको मापदण्ड अनुरूप गर्नुपर्ने,
(ङ) जीवनाशक विषादी बिक्री वितरण गर्दा नेपाली भाषामा लेखिएको विवरण संलग्न हुनु पर्ने,
(च) जीवनाशक विषादी उत्पादन र संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने वा निकासी पैठारी गर्ने व्यक्ति, संस्था वा निकायले कम्तीमा कक्षा दशको अन्तिम परीक्षा (एस.ई.ई.) वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको र यस नियमावली बमोजिम तालिम प्राप्त गरेको जनशक्तिलाईमात्र काममा लगाउने व्यवस्था गर्नु पर्ने,
(छ) जीवनाशक विषादीको घातकको अवस्था जनाउनको लागि सूचकपत्र राख्दा अत्यन्तै घातक भएमा रातो, ज्यादै घातक भएमा पहेँलो, मध्यम घातक भएमा नीलो र सामान्य घातक भएमा हरियो रङ्गको प्रयोग गर्नु पर्ने,